लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपाल, रिजन–११ अन्तर्गत तीन जोनका १२ क्लबको संयुक्त शपथ ग्रहण तथा पदस्थापन

  • बुटवल,१७ साउन । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन–११ का विभिन्न लायन्स क्लबहरूको संयुक्त शपथ ग्रहण कालिकानगरस्थित दियालो फुडल्याण्ड मा सम्पन्न भएको छ। कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधन प्रमुख आतिथ्यतामा भएको थियो । कसौधनले लायन्सको मूल मन्त्र “We Serve” र डिष्ट्रिक्ट ३२५ पि को यो बर्षको थिम सकारात्मक सोचौँ, खुसी फैलाऔँ लाई आत्मसात् गर्दै मानवीय सेवा, सामाजिक उत्तरदायित्व ,विपद् व्यवस्थापन तथा समुदाय केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरेका थिए। गभर्नर कसौधनले लायन्स अभियानलाई सदस्य वृद्धि, नेतृत्व विकास, वातावरण संरक्षण, स्वास्थ्य सेवा, शिक्षा तथा विपन्न समुदायको उत्थानसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
    कार्यक्रममा रिजन–११ अन्तर्गतका जोन–२२, जोन–२३ र जोन–२४ का १२ वटा लायन्स क्लबका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूको शपथ ग्रहण गरिएको छ। रिजन चेयपर्सन रितु गुरुङ्ग को अध्यक्षतामा सम्पन्न भएको थियो ।
    कार्यक्रमा लायन्स क्लब अफ बुटवल मणि उजेश, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ, लायन्स क्लब अफ बुटवल सेन्ट्रल , लायन्स क्लब अफ बुटवल भृकुटिटाउन मनकामना ,लायन्स क्लब अफ शंकरनगर बाटिका, लायन्स क्लब अफ बुटवल डाइनामिक टुरिजम, लायन्स क्लब अफ बटौली , लायन्स क्लब अफ बुटवल देवीनगरका ,लायन्स क्लब अफ तिलोत्तमा मेरिगोल्ड, लायन्स क्लब अफ रुपन्देही, लायन्स क्लब अफ बुटवल शुभारम्भ तथा लायन्स क्लब अफ रुपन्देही तुलसीका पदाधिकारीहरूले शपथ ग्रहण गरेका थिए। तेस्तै कार्यक्रममा एरिया लिडर लायन अरुण प्रताप राणा,नि बर्तमान गर्भनर बालाराम भट्टराई प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थी,पीडीजी अर्जुनमान शैजु, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ,पीडीजी महेन्द्र नारायण श्रेष्ठ,डिस्ट्रिक्ट सचिव आशिष कृष्ण श्रेष्ठ,डिस्ट्रिक्ट कोषध्यक्ष सुरेन्द्र घिमिरे, जोन २२ का जोनचेयरपर्सन थानेश्र अर्याल, जोन २३ कि रुपा भुजेल गुरुङ्ग जोन २४ कि जोनचेयपर्सन शान्ति शर्मा लगाएत डिस्ट्रिक्ट पदाधिकारी हरु तथा क्लबका सदस्हरुको को उपस्थीत रहेको थियो

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation