लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपाल अन्तर्गत रिजन–१० का क्लबहरूको संयुक्त शपथ ग्रहण तथा पदस्थापना समारोह सम्पन्न

  • कपिलवस्तु, १७ साउन । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपाल,रिजन–१० अन्तर्गत जोन २० र जोन २१ को आयोजनामा शपथ ग्रहण तथा बृहत् पदस्थापन समारोह शनिबार कपिलवस्तुको बाणगंगास्थित पजाबी तड्का एण्ड पार्टी प्यालेस मा भव्य रूपमा सम्पन्न भएको छ।
    कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स ्इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पीका डिष्ट्रिक्ट गभर्नर सन्दीप कौसोधनले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण तथा लायन्सको पिन लगाई पदस्थापन गराएका थिए । साथै उहाँले लायन्समा आबद्ध सदस्यहरूलाई संस्थाको उद्देश्य, गर्न हुने तथा नहुने कार्य, सदस्यहरूको भूमिका, कर्तव्य, अनुशासन र कोष व्यवस्थापन सम्बन्धी प्रशिक्षण समेत प्रदान गर्नुभएको थियो।लायन्सको अभियानलाई सदस्य वृद्धि, नेतृत्व विकास, वातावरण संरक्षण, स्वास्थ्य सेवा, शिक्षा तथा विपन्न समुदायको उत्थानसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । लायनवादको मूल भावना मानव सेवा, नेतृत्व विकास र सामाजिक उत्तरदायित्व लाई थप प्रभावकारी बनाउँदै आगामी कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवा ,लायन्स अभियानलाई समुदायसँग अझ नजिक पुर्‍याउँदै सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। नवनियुक्त पदाधिकारीहरूले पनि संस्थाको गरिमा कायम राख्दै सामाजहितमा समर्पित भएर कार्य गर्नेु पर्ने बताएका थिए।
    कार्यक्रम लायन्स क्लब अफ कपिलवस्तु ,्लायन्स क्लब अफ कञ्चन हरैया ,लायन्स क्लब अफ कञ्चन लेडी,लायन्स क्लब अफ बुटवल भृकुटी टाउन,लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनि, लायन्स क्लब अफ कपिलवस्तु चन्द्रौटा लर्ड बुद्ध ,लायन्स क्लब अफ कृष्णनगर,
    लायन्स क्लब अफ कपिलवस्तु स्टार लायन्स क्लब अफ कृष्णनगर लेडि सहभागीता रहेबो थियो । कार्यक्रम रिजन चेयरपर्सन गणेश आचार्य को अध्यक्षतामा भएको थियो ।
    कार्यक्रममा एरिया लिडर लायन अरुण प्रताप राणा ,प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थी,पीडीजी अर्जुनमान शैजु, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ,पुरुसोत्तम भक्त प्रधानाङ्ग,डिस्ट्रिक्ट सचिव आशिष कृष्ण श्रेष्ठ,डिस्ट्रिक्ट कोषध्यक्ष सुरेन्द्र घिमिरे जोन २० का जोन चियरपर्सन पिताम्बर शर्मा, जोन २१ का जोनचेयरपर्सन सिता न्यौपाने लगाएत डिस्ट्रिक्ट पदाधिकारीको उपस्थीत रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation