बुटवल, १७ साउन — Nepalese Young Entrepreneurs’ Forum (NYEF) रुपन्देही च्याप्टर को आयोजनामा “Induction & Learning Session” कार्यक्रम शनिबार मणिग्राममणिग्राम विश्राम वाटिकामा सम्पन्न भएको छ। कार्यक्रममा प्रो. डा. सुरेश मानन्धरले कृत्रिम बौद्धिकता (Artificial Intelligence), नवप्रवर्तन, प्रविधिको विकास, अनुसन्धान तथा उद्यमशीलतामा आधुनिक प्रविधिको प्रभावबारे प्रशिक्षण दिएका थिए। आफ्नो प्रस्तुतीकरणका क्रममा उनले विश्वस्तरीय अनुसन्धान, (AI) को वर्तमान अवस्था, भविष्यका सम्भावना तथा नेपाली युवा उद्यमीहरूले प्रविधिको सही उपयोग गर्दै प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड दिएका थिए। प्रमुख बक्ता मानन्धरले नेतृत्व विकास, उद्यमशीलता, व्यवसायिक सोच, संस्थागत क्षमता अभिवृद्धि तथा व्यक्तिगत क्षमतामा सकारात्मक योगदान पुग्ने बताए। समय विश्वव्यापी रूपमा तीव्र विकास भइरहेको कृत्रिम बौद्धिकता(AI) प्रविधिले नेपाल जस्ता विकासोन्मुख देशहरूका लागि एकातिर नयाँ अवसरहरू ल्याएको छ भने अर्कोतिर डेटा सुरक्षा, सार्वभौमिकता र परनिर्भरता जस्ता गम्भीर चुनैतीहरू थपेको र हालै विभिन्न क्षेत्रका विज्ञहरूले एआई प्रविधिको प्रयोगमा नेपालले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए। डेटाको सार्वभौमिकता र परनिर्भरतास् अधिकांश ठूला एआई मोडलहरू विदेशी (विशेषगरी अमेरिकी वा चिनियाँ) डेटासेन्टरहरूमा निर्भर छन्। नेपालले आफ्नो डेटामा पूर्ण नियन्त्रण राख्न नसक्दा संवेदनशील सूचनाहरू बाह्य मुलुकमा पुग्ने र भविष्यमा सेवाको उपलब्धतामा समेत संकट आउन सक्ने जोखिम रहेको बताए।
कार्यक्रममा युवा उधमी मञ्च रुपन्देही च्याप्टरका अध्यक्ष अनिस कसौधनले यस्ता प्रकारका ज्ञानमूलक तथा क्षमता विकाससम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए। अध्यक्ष कसौधनले आफ्नो सदस्य संख्या १०० पार गरेको सुखद घोषणा समेत गरेका छन । यस ऐतिहासिक उपलब्धिको स्वागत गर्दै अध्यक्षले भने, “यो केवल एउटा संख्या मात्र होइन, यो हाम्रो एकता, विश्वास र साझा यात्राको प्रतीक रहेको बताए । तेस्तै नयाँ सदस्यहरूलाई स्वागत तथा इन्डक्सन गरिएको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी कार्यालय सचिव अंशु भुसालले गरेकी थिइन्। कार्यक्रममा एनवाइएफका संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, तथा ‘फ्रेंड्स अफ एनवाइएफ’ (FON) का सदस्यहरूको उपस्थिति रहेको थियो।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपाल अन्तर्गत रिजन–१० का क्लबहरूको संयुक्त शपथ ग्रहण तथा पदस्थापना समारोह सम्पन्न
मजदुर संगठनहरूको संयुक्त अपिल : सुनसरी घटनाको निष्पक्ष छानबिन, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षणमा जोड









