निजी कम्पनी दर्ता र बन्द प्रक्रियालाई सहज बनाउन सभामुखको सुझाव

  • काठमाडौँ,२ बैशाख। बुधबार सभामुख डोल प्रसाद डीपी अर्यालसँग उद्योगमन्त्री गौरी कुमारीले भेट गरेकी छन् । भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउनुका साथै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिए।सभामुख अर्यालले निजी क्षेत्रको भूमिकालाई महत्त्वपूर्ण बताउँदै उनीहरूलाई थप अवसर प्रदान गर्न र लगानीमैत्री वातावरण सिर्जना गर्न नीतिगत सहजता आवश्यक रहेको पनि औँल्याएका थिए । उनले कम्पनी दर्ता प्रक्रियालाई झन्झटमुक्त बनाउन र बन्द गर्ने प्रक्रियालाई पनि सरल बनाउनुपर्नेमा जोड दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation