विश्व दृष्टि दिवसको अवसरमा लायन्सहरुद्धारा बुटवलमा निःशुल्क आँखा शिविर तथा स्वास्थ्य परीक्षण कार्यक्रम

  • बुटवल, २७ असोज । विश्व दृष्टि दिवसको अवसरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी, नेपाल अन्र्तगत जोन ९ आयोजनामा आज ९मंगलबार० बुटवलमा निःशुल्क आँखा शिविर तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी, नेपालका गभर्नर सन्दीप कसौधन प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमा बोल्दै गभर्नर कसौधनले आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने तथा सर्वसाधारणलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्य राखिएको बताए । लायन्स इन्टरनेशनलले सामाजिक सेवाको भावनालाई आत्मसात् गर्दै स्वास्थ्य, शिक्षा र मानवीय सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। विश्व दृष्टि दिवसको अवसरमा आयोजित यस कार्यक्रमले आँखाको नियमित परीक्षण र स्वास्थ्यप्रति सचेतना बढाउन सहयोग पुग्ने बताए । जोन ९ जोनचेयर पर्सन अरुण ज्ञवालीले सर्वसाधारणमा आँखाका सम्बन्धी हेलचेक्र्याइँ र आर्थिक अभाव कारण कुनै पनि नागरिक आँखाको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दृष्टिविहीनता न्यूनीकरण अभियान सञ्चालन गरिएको उनको भनाइ छ।
    यस कार्यक्रमले आँखाको स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सर्वसाधारणलाई स्वास्थ्य परीक्षण सेवामा पहुँच पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको बताए।
    कार्यक्रममा लायन्स क्लब अफ बुटवल इलिट, लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल सिटी, लायन्स क्लब अफ बुटवल साउथ र लियो क्लब अफ बुटवल स्टार्सको सहकार्य रहेको छ। त्यसैगरी, धनवर्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बुटवल अटो इन्जिनियरिङ एसोसिएसन सहयोगी संस्थाका रूपमा रहेका थिए । शिविरमा एक सय २० जना सेवाग्राहीले निःशुल्क सेवा लिएका छन् । लायन्स आँखा अस्पताल बुटवलको चिकित्सक एवं स्वास्थ्यकर्मीको तथा प्रविधिक टिम र बुटवल हस्पिटल प्रा ली को चिकित्सक एवं स्वास्थ्यकर्मीले आँखा परीक्षण, उपचार गरेको थियो । तेस्तै कार्यक्रमा  एरिया ३ एरिया चिफ बैकुन्ठ कुमार श्रेष्ठ,लायन्स स्टार्सका अध्यक्ष डियस भट्टराई , लायन्स इलिटका अध्यक्ष सुवास अर्याल ,लायन्स स्टार्सका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामबहादुर शाही को उपस्थीती रहेको थियो । कार्यक्रम लायन्स स्टार्सका सचिव इ छविन्द्र भटट्राईले संचालमा भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation