्काठमाडौं ,३ चैत । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक रुपमा बधाइ र शुभकामना व्यक्त गरेको छ ।
रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई, दुई देशबिच सम्बन्ध विस्तारको प्रतिबद्धता विभागले दुई देशबिचको विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
विभागले रास्वपालाई पठाएको सन्देशमा चीन र नेपाललाई पहाड र नदीले जोडेको उल्लेख गर्दै दुई देशबिच परम्परागत मित्रताको लामो इतिहास रहेको स्मरण गराएको छ । दुवै देशका नेताहरूको रणनीतिक नेतृत्वमा चीन र नेपालले विकास र समृद्धितर्फ उन्मुख पुस्ता–पुस्तासम्म चल्ने मैत्रीपूर्ण रणनीतिक साझेदारी सम्बन्ध स्थापना गरेको विभागले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता देखाएको पनि विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैं प्राथमिकतामा राख्ने विज्ञप्तिमा जनाएको छ । ‘चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको यस शुभेच्छा र ऐक्यबद्धताका लागि हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं,’ रास्वपाले भनेको छ ।












