भ्रष्टाचार न्युनिकणका लागि नागरिक समाजको खबरदारी आवश्यक रहेकोमा जोड

  •  बुटवल । भ्रष्टाचार न्युनिकणका लागि नागरिक समाजको खबरदारी आवश्यक रहेकोमा एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस ९९ डिसेम्वर० को अवसरमा पारदर्शी सरोकार समूह बुटवलले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसंग आबद्ध संस्था पारदर्शी सरोकार समूह बुटवलका अध्यक्ष लाल हरि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले आर्थिक रुपमा हुने भ्रष्टाचारलाई मात्रै सबैले चाँसो दिइरहँदा अर्को तर्फ व्यापक रुपमा नीतिगत भ्रष्टाचार बढेको बताउनु भएको हो ।

    भ्रष्टाचार न्युनिकरणका लागि विभिन्न सामाजिक संगठनहरुले पैरवी र खबरदारी गर्न छोड्न नहुने कुरामा उहाँहरुको जोड थियो ।

    सो अवसरमा च्याम्बर अफ कमर्श लुम्विनी प्रदेश अध्यक्ष टंक पराजुली, गौतम बुद्ध सामुदायिक मुटु अस्पताल सञ्चालक समिति अध्यक्ष एजाज आलम, मानव अधिकार तथा शान्ति समाजका निवर्तमान राष्ट्रिय सभापति गोविन्द खनाल, उद्योग वाणिज्य संघ बुटवलका उपाध्यक्ष बीमल भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष दीलिप साप्कोटा, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देही अध्यक्ष गोपाल बस्याल, अभिभावक संघ लुम्विनी प्रदेश अध्यक्ष हेम थापा, रोटरी क्लब अफ बुटवल अध्यक्ष प्रज्वल थान्जु, समाजसेवीहरु मीन बहादुर खत्री, लेख बहादुर कार्की, पुनम रजाली मगर लगायतले बोल्नु भएको थियो । कार्यक्रम संस्थाका महासचिव अर्जुन बहादुर कार्कीले सञ्चालन गर्नुभएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation