
बुटवल, फागुन । मगर राष्ट्रिय मुक्ति मोर्चा को केन्द्रीय छैठौ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा दिपक थापा चर्तीमगर चयन भएका छन् । बुटवलमा भएको केन्द्रीय सम्मेलनबाट पुर्व वन तथा वातावारण मन्त्री समेत रहेका रहेका चर्तिमगर सहित १ सय ५१ सदस्यीय नयाँ समिति गठन गरिएको छ । जसको बरिष्ठ उपाध्यक्षमा माधव दर्लामीमगर, उपाध्यक्षहरुमामा चिनिमाया कालामगर, मिनबहादुर घर्तीमगर, टोपबहादुर दर्लामीमगर, लीला सोमैमगर, छमाया थापामगर, लोकेन्द्र थापामगर, अनिता थापामगर, हिराबहादुर थापामगर, सबिना बुढामगर, होमराज खपाङ्गीमगर, भक्त लुङ्गेलीमगर (मगर ढुट), सारदा पुनमगर (मगर खाम), मालबहादुर वुढामगर (मगर काईके) चयन भएका छन् । यस्तै महासचिवमा जिवनप्रवेश रोकामगर चयन भएका छन् ।
उपमहासचिवहरुमा तिर्थ थापामगर, विशाल पुनमगर, मनोज रानामगर, खगेन्द्र पुनमगर, सिद्धबहादुर थापामगर चयन भएका छन् यस्तै सचिवहरु ः विरमान घर्तीमगर, टिकासरी वुढामगर, हरिबहादुर थापामगर, धनबहादुर पुनमगर, चन्द्रप्रसाद वुढाथोकीमगर, केशव थापामगर, यम खपाङ्गीमगर, दीपक थापामगर, टुगा थापामगर चयन भएका हुन । कोषाध्यक्षमा अम्बिका खुलालमगर सहित १ सय ५१ सदस्यीय समिति गठन गरिएको हो ।
बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ समिति गठनको जानकारी प्रदान गरिएको हो नव निर्वाचित अध्यक्ष दिपक चर्तीमगरले मगरात स्वायक्तता प्रदेश सहितका एजेन्डामा मगर राष्ट्रिय मुक्ती मोर्चा नेपाल दृढ भएको बताएका थिए ।