
बुटवल, माघ । नेपाल पत्रकार महासंघ रुपन्देहीको संयोजनमा रुपन्देही बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट प्रदान गरिने ‘उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार २०८१’ बाट बुटवल टुडे राष्ट्रिय दैनिकका उप–सम्पादक तथा कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण खनाल पुरस्कृत भएका छन् । पत्रिकाको संस्थापनकाल देखि कार्यरत खनाल कृषि, सहकारी र समसमायीक विषयमा कलम चलाउँदै आएका छन् । उप–सम्पादक खनाललाई नेपाली काग्रेस लुम्बिनी प्रदेश सभा प्रमुख सचेतक प्रदेश सभा सदस्य जमुना ढकाल, रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्त प्रसाद ढकाल, लुम्बिनी प्रदेश विशिष्ठकृत सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानु पौडेल सहितले नगद सहित सम्मान तथा पुरस्कृत गरेका हुन । रुपन्देही बचत तथा ऋण सहकारी संस्थाको १९ औ स्थापना दिवसको अवसारमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली काग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक जमुना ढकालले राज्यले जननताको पैसा सुरक्षित छ भनेर घोषणा गर्नुपर्ने अवस्था आएको बताईन् । उनले सबै सहकारीहरुको अवस्था अहिलेको जस्तो नभएको भन्द्यै सामामा उद्यमशिलता प्रर्वद्धन, विकासको लागि नमुना सहकारीहरुले काम गर्दै आएको बताईन् । उनले राम्रा सहकारीहरुको प्रसार प्रचार कम भएको भन्दै यसमा सहकारीले गरेका अनुकरीणीय कार्यको प्रसार प्रसार गर्नुपर्नेमा जोड समेत दिईन् । सहकारीलाई राज्य संयन्त्रको बाडफाँड पछि प्रदेश र स्थानीय तहको विचमा राखेको र नियमक निकायको संयन्त्र विना नै अधिकार दिएको कारण अहिलेको अवस्था आएको उनको तर्क थियो । उनले अहिलेको सरकार सबैभन्दा बलियो सरकार भएको अहिलेको सरकारले भन्दै आशालाई निराशामा बदल्न दिन नहुने बताईन । उनले भनिन्– “ हामी तपाईंको को पक्षमा छौ, तपाईंको माग, आन्दोलनमा सबै तयार छौ ।’’ सहकारी प्रति जननाको जनविश्वास कमी हुँदै गएको भन्दै उनले जनतालाई सहकारी के हो ? यसको महत्व के छ भनेर बुझाउन आवश्यकता रहेको बताए समेत तर्क गरिन् । कार्यक्रममा बोल्दै जिल्ला बचत संघका पुर्व अध्यक्ष तथा सल्लाहकार भिम प्रसाद तुलाचनले एक दुई वटा सहकारीले गरेको बदमासीको कारण अहिलेका सहकारी अभियान्ताहरुले दोष खानुपरेको बताए । उनले सहकारीको नियमन गर्ने सरकारले नियमन बेलैमा नगरेको कारण सहकारीमा समस्या आएको भन्दै यसको लागि सकारीको छुट्टै नीति बनाएर अगाडी जानुको विकल्प नभएको बताए । उनल कार्यक्रममा बोल्दै भने –‘नितिगत रुपमा हामी अगाडि बढ्न आवश्यक छ, राष्ट्रिय सहकारी नीति नै नभएको बेलामा हामिले रुपन्देही बाट अभियान सुरुवात गरेका हौ । ’ केन्द्रीय सहकारी संघका लेखा समिति सुपरिवेक्षणक समितिमा समेत रहेका तुलाचनले सरकारले सहकारी ऐन पूर्णरुपमा कार्यान्वयन नगर्दाको अहिलेको अवस्था आएको बताउँदै सहकारी ऐन २०७४ मा नै सहकारी कोष, न्याधिकरणमा जोड दिएको बताए । सहकारी अभियान लाई दोष दिनु भन्दा पनि ऐन कार्यान्वयन मा लैजानको लागि सकरारलाई सुझाव दिएका थिए । नेपाल सरकारले नियममक निकायले यो विषयमा गम्भीर भएरलाग्नु पर्ने बताए । उनले नेः–“ सहकारी प्राधिकरण बनाएर थपसहकारी अभियानलाई तर्साउने काम भैरहेको छ ।“ सहकारी अभिभावक विहिन र नियमन भन्दा बाहिर गएको कारण अहिलेको अवस्था आएको भन्दै उनले यसमा सहकारीहरुको अवस्था राम्रो छ भनेर अभियान नै चलाउनुपर्ने अवस्था आएको बताएका थिए । सहकारी संस्थाहरुले गतल अभ्यासलाई निरुत्साहित गर्दै राम्रा अभ्यासको सृजनात्मक सिको गर्दै अगाडी जानुपर्नेमा जोड दिए । लुम्बिनी बिशिस्टकृत सहकारी संस्था लिमिडेका अध्यक्ष ः ज्ञानु पौडेलले समुदाय स्तरमा शशक्तिकरण, नमुना काम भैरहेका छन्, तर प्रसार प्रसार नभएको बताईन् । उनले नमुना भएका छन्, तर यसको प्रसार प्रसार हुन सकेको भन्दै यसको लागि सहकारी अभियान्ताहरुले सहकारीले गरेका नमुना कार्यको अनुशरण अन्य सहकारीले पनि गर्नुपर्नेमा जोड दिईन् । प्रदेश सरकारले प्रदेशको सहकारी प्रवद्र्धन कोष बनाएको भएपनि त्यसको कुनै पनि कार्यान्वयन नभएको भन्दै अध्यक्ष पौडेलले सहकारी प्रर्वद्धन कोषलाई लघु कर्जाको रुपमा सहकारी मार्फत अनुदानको रुपमा सहकारीमा कर्जा लगानी गर्न आवश्यक रहेको बताएकी थिईन् । लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष श्रीकृष्ण नेपालले सहकारी मा बिचलनआउने काम भैरहेको भन्दै यसको पूर्ण नियन्त्रण गर्न आवश्यक रहेको बताएका थिए । जिल्ला सहकारी संघको मार्गदर्शन मा अगाडि बढ्न आवश्यक रहेको उनको भनाई थियो । तीन तहका सरकारका बिचमा सहकार्य गरी सहकारीको नियमन गर्न आवश्यक रहेको उनको तर्क थियो । कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक तथा जिल्ला संघका सल्लाहकार हरि प्रसाद काफ्ल ले बोल्दै सहकारीको प्रर्वद्धनमा सबै तहका बीचमा हातेमालो आवश्यक भएको बताएका थिए । कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर १५ मा रहेको भद्रकालि दुग्ध उत्पादक सहकारी संस्थालाई उत्कृष्ठ सहकारीको रुपमा समेत पुरस्कृत गरिएको थियो १९ औ स्थापना दिवसको अवसरमा संघले प्रकाशन गरेको ‘सहकारी बुलेटिन २०८१’ समेत बिमोचन गरिएको थियो । संघका अध्यक्ष बसन्त प्रसाद ढकालले सहकारी अभियान अहिले पछिल्लो समयमा केही कमजोर भएता भएपनि यसको असर दीर्घकालीन रुपमा भने नहुने बताएका थिए । सहकारीका समस्या समाधानको लागि सहकारीलाई दोष दिनु भन्दा पनि निमयक निकायले नै बेलैमा यो विषयमा शशक्त भएर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।