राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन गर्ने

  • बुटवल ८ माघ । रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन सहितको सहमति गरेर बनेको वर्तमान सरकारलाई प्रदेश खारेजीको विषयलाई संविधान संशोधनको पहिलो एजेण्डा बनाउन आग्रह गरेका छन । संघीयता विरुद्धको आन्दोलनको तयारी गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले संविधान संशोधन गर्ने हो भने प्रादेशिक संरचना हटाउनु पर्ने भनाई राखेका हुन ।
    उनले भने संघीयताको प्रमुख समस्या प्रदेश नै भएको दावी गर्दै औचित्य नै नभएको प्रदेश संरचना हटाउनु पर्ने जिकिर गरे । तर यो सरकारले संविधान संशोधन गर्छ र प्रदेश हटाउछ भन्ने विषयमा भने विश्वास छैन । त्यसमाथी पनि प्रदेशको चाँजोपाँजो केन्द्रले नै गर्ने भएपछि किन चाहियो प्रदेश
    प्रदेश सहितको संघीयताका कारण लोकतन्त्र नै सिद्धिने अवस्थामा पुगेको बताउँदै उहाँले मुलुकको अर्थतन्त्रले पनि आठ आठ वटा सरकार, संसद, प्रदेश संरचना थेग्न नसक्ने बताए ।
    अध्यक्ष के सी माग नै नभएको राष्ट्रहित विपरित नेपालमा जन्मिएका विदेशीका सन्तानलाई नागरिकता दिने र मुलुकलाई संघीयतामा लैजाने कुरा कसैको उक्सावटमा अन्तरिम संविधान मै घुसाईदिएर देशलाई बर्वादितर्फ धकेलिएको दावी गरे । त्यसैका कारण पहिलो संविधान सभाले संविधान दिन नसकेको भनाई राखेका थिए ।
    संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने
    राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ । आगामी चैत २४ देखि ३० गतेसम्म हुने आन्दोलनलाई सफल बनाउन रुपन्देही जिल्ला समितिले विभिन्न तयारीका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
    राष्ट्रिय जनमोर्चा रुपन्देहीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आगामी चैतमा हुने आन्दोलनबारे जानकारी गराएको हो । संघीयताको मुख्य पक्ष प्रदेश तहले गणतन्त्र र राष्ट्रिय अखण्डता कमजोर बनाएको जनमोर्चाको दाबी छ । संघीयता खारेजीका लागि आन्दोलनको आह्वान गरिएको राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीले जानकारी गराए।
    जनमोर्चाले घोषणा गरेको कार्यक्रम अनुसार माघ १० देखि १२ सम्म जिल्लाभरी घुम्ती कोणसभा आयोजना हुनेछ । यस्तै, फागुन ३ मा बुटवलदेखि सुनौलीसम्म मोटरसाइकल ¥याली गरिनेछ । आन्दोलन सफल बनाउन स्थानीय व्यापारी, कर्मचारी, वकिल, डाक्टर, किसान, मजदुर, विद्यार्थी र आम जनसमुदायलाई आर्थिक, नैतिक, तथा भौतिक सहयोगका लागि पार्टीले अपिल गरेको छ ।
    उहाँका अनुसार आगामी आन्दोलनका लागि रुपन्देहीमा गत मंसिर महिनादेखि नै टोलदेखि जिल्लासम्म बैठक र भेलाहरू सम्पन्न भइसकेका छन् । पुसदेखि विभिन्न तहका प्रशिक्षण कार्यक्रमसमेत सम्पन्न भएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation