लायन्स क्लबद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

  • काठमाडौं,१४ भदौ । विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि लायन्स क्लब इन्टरनेशनल मल्टिपल अन्तर्गत रहेका १५ वटा डिस्ट्रिक्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
    देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले लायन्स क्लबले आफ्ना विभिन्न क्लब, क्षेत्र तथा सदस्यहरूबाट सहयोग संकलन गरेको हो। संकलित रकम कोषमा हस्तान्तरण गर्दै लायन्स क्लबले विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
    लायन्स क्लब इन्टरनेशनलको ‘We Serve’ भन्ने मूल भावनाअनुसार मानवीय सेवामा सक्रिय रहँदै आएको लायन्सले विपद् तथा संकटका समयमा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।
    सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लबका विभिन्न तहका पदाधिकारी, सदस्य तथा समाजसेवीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै लायन्स नेतृत्वले विपद् प्रभावित नागरिकको पीडामा मलम लगाउने उद्देश्यले गरिएको यो सहयोग अभियानमा योगदान गर्ने सम्पूर्ण क्लब, सदस्य तथा सहयोगदाताप्रति आभार व्यक्त गरेको थियो।
    लायन्स क्लबले आगामी दिनमा पनि मानवीय सेवा, विपद् उद्धार, राहत तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation