सुनको मूल्य घट्यो

  • काठमाडौँ,१ माघ । आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    सोमबार सुनको मूल्य तोलामा एक लाख ५५ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो ।
    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेर १ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation