चितवन ,१० असार । रास्वपाका ९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोग प्रमुख भुवन केसीले उम्मेदवारहरुको संख्या अहिले नै निश्चित नभए पनि करिब ४०० जनाको मनोनयन दर्ता भएको जानकारी दिएका हुन् ।
‘केन्द्रीय सदस्यका लागि करिब चार सय जनाको मनोनयन दर्ता भएको छ । दर्ता भएकाहरुको संख्या निश्चित गर्न सूची तयार गर्दैछौं’ उनले भने ।












