काठमाडौँ,१७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदै छ । सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । समिति सदस्यहरूमा डा। स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ्ग रहेका छन्। त्यस्तै मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाल समिति सदस्य छन्। सबै केन्द्रीय समिति सदस्य र सबै प्रदेश सभापतिहरू पनि समितिको सदस्य रहेका छन्।












