काठमाडौँ,५ बैशाख। पश्चिम एसियाको रणनीतिक महत्त्वको जलक्षेत्र स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबिच फेरि तनाव देखिएको छ ।
इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ । संयुक्त अधिराज्यको सामुद्रिक व्यापार सञ्चालनका अनुसार ओमानबाट २० नटिकल माइल उत्तरपूर्वमा रहेको हर्मुज जलसन्धिमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स का दुई वटा लडाकू डुङ्गा (गनबोट) ले एउटा तेल ट्याङ्करमाथि अन्धाधुन्ध गोली प्रहार गरेका छन् । उक्त आक्रमणमा ट्याङ्कर र चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइए पनि क्षेत्रमा ठुलो त्रास फैलिएको छ । बीबीसीका अनुसार कम्तीमा अन्य दुईवटा व्यापारिक जहाजहरूमाथि पनि स्ट्रेट अफ हर्मुज पार गर्ने क्रममा गोली प्रहार भएको खबर छ । तर, ट्रम्पको यो ‘धन्यवाद‘ सन्देश सार्वजनिक भएको केही मिनेटमै उनले अर्को पोस्ट गर्दै होर्मुजमा अमेरिकी नाकाबन्दीजारी रहने स्पष्ट पारेका छन्। यो विरोधाभासपूर्ण स्थितिसँगै होर्मुज स्ट्रेटको वास्तविक अवस्थालाई लिएर विश्वभर अन्योल सिर्जना भएको छ। इरानले आफ्नो बन्दरगाहको नाकाबन्दी नहटे जलमार्ग पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिइरहेको बेला केही जहाजहरू पार भएको देखिए पनि यो महत्वपूर्ण मार्गबाट कति जहाज सुरक्षित रूपमा निस्कन सकेका छन् भन्ने स्पष्ट भइसकेको छैन।












