आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुदै

  • दाङ,९ जेठ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज बस्ने चौथो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी रहने भएको छ । आज शनिबार दिउँसो १ बजे बस्दै गरेको बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथि प्रदेश सभा सदस्यहरूबीच छलफल हुने भएको हो । शुक्रबार पनि १० जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिनुभएको थियो । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation