काठमाडौँ,२५ बैशाख। प्रधान न्यायाधीशमा सिफारिस भएका डा.मनोजकुमार शर्माविरूद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दरपीठ भएको छ।
शुक्रबार सर्वोच्च प्रशासनले पेस भएको तीन वटा रिटलाई दर्ता गर्न अस्वीकार गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा.प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका थिए । उक्त रिटहरू दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । रिट पेश भएदेखि नै प्रशासनले माथिको आदेश भन्दै दर्ताका लागि आनाकानी गरेको थियो । रोलक्रम मिचेर शर्मालाई प्रधान न्यायाधीश सिफारिस गरिएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ।












