व्यवसाय प्रवद्र्धन कार्यक्रम : प्रशिक्षार्थीलाई अभिमुखीकरण

  • बुटवल,२१ बैशाख । बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गर्न लागिको ‘व्यवसाय प्रर्वद्धन कार्यक्रम सहभागि प्रशिक्षार्थीलाई अभिमुखीकरण गरिएको छ । २०७६ देखि विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दै आएको संघले यो पटक सोही मोडलमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
    कार्यक्रममा बोल्दै संघका कार्यवाहक अध्यक्ष (उद्योग उपाध्यक्ष) सुरज भट्टराईले नवउद्यमीको उद्यम प्रवद्र्धन तथा उद्यमशिलता विकासका लागि संघले विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दै आएको र यस पटक सोही मोडलमा व्यवसाय प्रवद्र्धन कार्यक्रम गर्न लागिएको जानकारी गराए । उनले यो कार्यक्रमले उद्यमशिलता विकास गर्नुका साथै औद्योगिक विकास पनि गर्ने र देशको अर्थतन्त्रमा समेत योगदान गर्ने विश्वास व्यक्त गरे ।
    व्यवसाय प्रवद्र्धन कार्यक्रमका लागि विभिन्न क्षेत्रका १६ जना नवउद्यमीले आवेदन दिएका थिए । संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीका अनु्सार उनीहरुलाई अभिमूखिकरण कार्यक्रम गरिएको हो । सम्पन्न अभिमूखिकरण कार्यक्रममा १६ जना नवउद्यमी सहभागि थिए । व्यवसाय प्रवद्र्धन कार्यक्रमका बारेमा जानकारी गराउँदै कार्यकारी निर्देशक कार्कीले कार्यक्रम अवधिभर नवउद्यमीलाई मेन्टर र सहजकर्ता मार्फत सहजिकरण, सफल उद्यमी तथा व्यवसायीबाट विजनेश कोच र नटवर्किङ् तथा लेखा व्यवस्थापनका सीपहरु सिकाईनेछ ।
    त्यस अवसरमा बोल्दै संघका महासचिव मुक्तिप्रसाद अधिकारीले नवउद्यमी र उद्यम गर्न चाहेका युवाहरुका लागि यो कार्यक्रम अति महत्वपूर्ण रहेकाले कार्यक्रममा पूरा अवधि सहभागि भएर लाभ लिन आग्रह गरे । त्यस्तै प्रशिक्षक संञ्जय ज्ञवालीले प्रशिक्षणको मोडल लगायतका विषयमा जानकारी गराएका थिए । यो कार्यक्रमका लागि संघले व्यवसाय प्रवद्र्धनमा दख्लख राख्ने विभिन्न क्षेत्रका प्रशिक्षकहरु नियुक्त गरिसकेको छ ।
    प्हिलो पटक २०७६ सालमा विजनेश इन्कुवेशन कार्यक्रम गरेको थियो । त्यसयता तेस्रो संस्करणमा विजनेश इन्कुवेशन कार्यक्रम गरिसकेको छ भने चौंथो संस्करणमा व्यवसाय प्रवद्र्धन कार्यक्रम गर्न लागेको हो । विजनेश इन्कुवेशन कार्यक्रम सहभागि नवउद्यमीहरु सफलताका यात्रामा अगाडि बढिरहेको संघले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation