काठमाडौँ,४ बैशाख । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन्।
आज सम्पन्न निर्वाचन प्रक्रियामा प्रतिस्पर्धी उम्मेदवारका रूपमा रहेका एमालेका गुरु बराल पराजित गर्दे शेरचन सभापति पदमा चयन भएकी हुन्।
निर्वाचनमा गुरु बराललाई नेपाली काँग्रेस र नेकपाका तर्फबाट समर्थन प्राप्त भए पनि आवश्यक मत जुटाउन नसक्दा उनी पराजित भएका थिए।
सभापति चयनका लागि बसेको आजको बैठक समितिका ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा सम्पन्न भएको हो।












