बुटवल,२९ चैत । गुल्मी दौघा रुपन्देही सम्पर्क समाजको चौथो वार्सिक साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न । साविकको दौघा गाविस हाल ( छ्त्रकोट ) बाट बसाइ सराइ गरि स्थायी तथा जागिर र व्यपारको शिलशिलामा अस्थायी रूपमा रुपन्देहीमा रहनु भएका दाजुभाइ तथा दिदिबहिनी मिलेर बनेको गुल्मी दौघा रुपन्देही सम्पर्क समाजको चौथो वार्सिक साधारण सभा तथा दोस्रो अधिबेशन बुटवल १३ मा रहेको नयाँगाउँ पार्टी प्यालेसमा सव्य र भव्य रूपमा सम्पन्न भएको छ। 
संरक्षक समितिका जेष्ठ सदस्य भिमार्जुन ज्ञवाली प्रमुख अतिथ्यता रहेको कार्यक्रमको अतिथिहरुमा संरक्षक समितिका लेख्नाथ ज्ञवाली , ज्ञान प्रसाद घिमिरे, सुद्न ज्ञवाली ,शालिकराम ज्ञवाली, चिन्तामणी ज्ञवाली , निवर्तमान अध्यक्ष भिमलाल ज्ञवाली , भोज पुव गाविस सचिव जुद्द बहादुर पछाइ , निवार्तमान कर्यसमिती सदस्यहरु , पत्रकार तथा हास्य कलाकार मनोज ज्ञवाली, समाज सेवि ,बुद्धिजिवि, लगायको उपस्थिती रहेको थियो। कार्यक्रममा २०८३ सालको भित्ते पत्रो बिमोचन , हास्य कलाकार मनोज ज्ञवालिको हास्य प्रस्तुति रहेको थियो।
प्रमुख अतिथि भिमार्जुन ज्ञवालिले हामी सबै सम्पर्क समाजम मात्र सिमित न भैकन आउदा दिनहरुमा जन हितकारी सहाकारिको रूपमा बदल्दै सामाजिक कार्यमा पनि अगाडी बढन सकेम धेरै राम्रो हुने करा बताउनु भएको थियो। ५ सद्सिय निर्वाचन मण्डल अध्यक्ष लेखनाथ ज्ञवाली , सदस्यहरुमा बिस्नु ज्ञवाली गौतम , बिजय बिक्रम सोमरे , मेघराज ज्ञवाली, चिन्तामणी ज्ञवाली रहेको टोलिले १४ सद्सिय कार्य समिती निर्बिरोध रूपमा चयन गर्नुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो
नव गठित १४ सदसिय कार्य समितीमा अध्यक्ष गोबिन्द ज्ञवाली ,उपाध्यक्ष कमल ज्ञवाली , महिला उपाध्यक्ष मन्जु सुर्यवसी , सचिव गोविन्द ज्ञवाली, सह सचिव पदम बि. क, कोषाअदक्ष्य सुदन ज्ञवाली, सदस्यहरुमा खिम बहादुर रेस्मी , मधु ज्ञवाली ,पदमपाडि पौडेल ,मीन प्रसाद ज्ञवाली , बिस्णुहरि ज्ञवाली ,सावित्रा ज्ञवाली, राधा बस्नेत ,शान्ता खनाल, रहनु भएको थियो। ३०० जना रहेको कार्यक्रमको सन्चालन निवर्तमान सचीव कमल ज्ञवालीले गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन कोषादक्षय गोविन्द ज्ञवाली तथा वार्सिक प्रतिबेदन अध्यक्ष भिमलाल ज्ञवालिले प्रस्तुत गर्नु भएको थियो। नव निर्वाचित अध्यक्ष गोबिन्द ज्ञवालीले सस्थाको कार्यबिधी अनुसार उप समिती तथा कार्यसमितीमा भूगोल अनि समाबेसी लाई ध्यान दिदै ३ जना पहिलो बैठक वाट थपेर १७ सद्सिय बनाउने जानकारी दिनुभएको थियो । कार्यक्रमको समापन निवर्तमान अध्यक्ष भिमलाल ज्ञवालिले नव गठित समितीलाई सफलताको शुभकामना दिदै आफु आउँदा दिनहरुमा पनि अझ सकिय रूपमा सस्थाको हक हितको लागि लाग्ने कुर जानकारी गराउदौ समापन गर्नु भएको थियो।












