लायन्स डिष्ट्रिक ३२५पि को गभर्नरमा सन्दिप कसौधन निर्वाचित

  • बुटवल,२९ चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पिको गभर्नरमा सन्दिप कसौधन निर्वाचित भएका छन् ।
    बुटवलमा सनिवार सम्पन्न निर्वाचन वाट आगामी बर्ष २०२६/०२७ को लागि गर्भनरमा कसौधन सर्वसम्मत निर्वाचित भएका हुन् । तेस्तै फस्ट भिडिजिमा मिना पन्थी,सेकेन्ड भिडिजिमा अर्चित श्रेष्ठ निर्वाचित भएका छन । तेस्तै डिष्ट्रिक सचीमा आशिष कृष्ण श्रेष्ठ डिष्ट्रिक काेषाधक्ष सुरेन्द्रघिमिरे लाई चयन गरेको छ । लायन्स क्लब इन्टरनेशनल ‘डिष्ट्रिक ३२५ पि को चौथो कन्वेसन आयोजित कार्यक्रममा नवनिर्वाचित गर्भनर कसौधनले सम्पूर्ण लायनहरुलाई एकजुट भई मानवीय सेवामा निश्वार्थ रुपमा समर्पित रहन तथा लक्ष्य प्राप्तिका लागि अबिचलित रुपमा लाग्न आग्रह गरे । समाज परिवर्तन नभई मुलुक नवदलिने भन्दै उनले अहिलेको समयमा असल नेतृत्वको अभाव महसुस भएको पनि बताए । नेपालको अब हरेक टोल र घरमा सक्षम र असल नेतृत्व उत्पादनमा प्रेरित गर्नका लागि लायन्स क्लब ईन्टरनेश्नल ‘डिष्ट्रिक ३२५ पिले यसको नेतृत्व गर्ने गभर्नर कसौधनले बताए ।कार्यक्रमा लायन्स इन्टरनेसनल डाइरेक्टर इन्डोस राजेन्द्र लम्साल चौथौ कन्वेसन को प्रमुख अथिति तथा डिष्ट्रिक गभर्नर बालाराम भट्टराई को अध्यक्षता भयको थियो । डिष्ट्रिक गर्भनर भट्टराईले लायन्स को अभियान सफल तुल्याउनका लागि सम्पुर्ण क्लब अध्यक्ष, लायनमा आवद्ध पदाधिकारी र समाज सेवामा नागरिकको दायित्व, मानवीय मुल्यमान्यता र समाजसेवाका कार्य क्षमता अभिवृद्धि लगायतका बारेमा जानकारी दियका थिए । कार्यक्रममा लायन्स सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय द्वाय अमृत बिक र सद्वा कुवर र लायन्स ईन्टरनेसनल डिष्ट्रिक ३२५ पि का नि बर्तमान गभर्नर पुरुसोतम भक्त प्रधानाङ,पुर्ब गभर्नर अरुण प्रताप राणा ,अर्जुन मान सैजु,नवराज न्यौपाने ,सुनिल वझा, अनुप पहाडी , महेन्द्र नारायण श्रेष्ठ लगायत ले आफ्नो भनाइ राखेका थिए ।तेस्तै कार्यक्रममा कार्यालय सचीव स्वगिय दिनेश बुढाथोकी को छोरी को भाबिस्यको अध्यापन को लागि लायन्स हरुबाट ७ लाख भन्दा बढी रकम स्वगिय दिनेश बुढाथोकी धर्मपत्नीलाई हस्तान्तरण गरिएको थियो। उक्त रकम सकलन्को लागि सयोजक प्रकाश कुमार श्रेष्ठले गरेका थिए । चौधौं कन्वेन्स सफल बनाउन एरिया चिफ इ प्रबिना घिमिरे सयोजनमा भएको थियो । एरिया चिफ घिमिरेले कन्बेसन सफल बनाउन सहयोग गर्नुहुने सस्था तथा ब्याक्तीलाई मायाको चिनो ले सम्मान गरेका थिए ।कार्यक्रम संचालन डिष्ट्रिक सचीव एमएल पान्डेले गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation