दोस्रो मिस्टर कपिलवस्तुको उपाधि सुरेन्द्र बर्मालाई

  • कपिलवस्तु,२९चैत्र । कपिलवस्तुमा शनिबार सम्पन्न भएको ‘दोस्रो मिस्टर कपिलवस्तु पुरुष शारीरिक सुगठन प्रतियोगिता’को उपाधि सुरेन्द्र बर्माले जितेका छन्। तौलिहवास्थित पावर जिमका बर्माले ६५ केजी तौल समूहबाट प्रतिस्पर्धा गर्दै विधागत विजेताहरूलाई पछि पारेर ‘ओभरअल च्याम्पियन’को टाइटल हात पारेका हुन्।
    कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघकाे आयोजनामा भएको साे प्रतियोगिता संघका अध्यक्ष कृष्ण थापाको अध्यक्षता तथा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
    ​प्रतियोगितामा चार तौल समूहमा२५ खेलाडी वीच कडा प्रतिस्पर्धा भएको थियो। ​६० केजी समूहमा बुद्ध जिमका महफुज अलि दर्जी प्रथम भए । त्यस्तै पावर जिमका समसाद मुसलमान र अल्फाज खान क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल भए । समुहगत बिजेताकाे अन्तिम प्रतिस्पर्धामा ​६५ केजी समूहबाट बिजेता बनेका सुरेन्द्र बर्मा अन्यलाई पछि पर्दै ओभरअल च्याम्पियन बने। बिजेता बनेसँगै उनले रु ५० हजार नगद, ट्रफि र उपाधि हात परे । उनी प्रथम मिष्टर कपिलवस्तुका विजेता समेत हुन्।
    ६५ केजी समूहमा पावर जिमका शैलेन्द्र प्रसाद कसौधन दोस्रो र बुद्ध जिमका योगमणि तिवारी तेस्रो बने।
    ​७० केजी समूहमा हेल्थ फिटनेसका विकास श्रेष्ठले स्वर्ण पदक जित्नुभयो। पावर जिमका सुग्रीव कुर्मी दोस्रो र हेल्थ फिटनेसकै बिरु यादव तेस्रो स्थानमा रहनुभयो।
    ​७५ केजी समूहमा हेल्थ फिटनेसका ईश्वर पुन प्रथम, पावर जिमका मो. इस्तेखार हलवाई दोस्रो र MNS जिमका शैलेन्द्र श्रीमल तेस्रो हुन सफल भए ।
    ​विजेता खेलाडीहरूलाई प्रमुख अतिथि तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ, छैठौं धर्म श्री बिजेता जीवन गिरी कपिलवस्तु नगरपालिकाका बडा अध्यक्ष प्रकाश गैरेले ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो। शारीरिक सुगठन खेलको विकास र स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका सचिव मनिष कार्कीले बताए । प्रतियोगितामा अन्तराष्ट्रिय निर्णायक केशव बहादुर शाक्य, बरिष्ठ निर्णायक शिवध्वज राई र राष्ट्रिय निर्णायक राजकुमार श्रेष्ठले निर्णय गरेका थिए। टेक्निकल एम सि सितु प्रसाद श्रेष्ठले तथा कार्यक्रम संचालन युवा संचारकर्मी भुपाल थापाले गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation