नवलपरासी (पूर्व), २५ चैत ।अन्तर्राष्ट्रिय रोटरी क्लब (DNC) को आर्थिक सहयोग तथा रेशम फिरिरी नेपाल संस्थाको समन्वयमा अपाङ्ग पुनर्स्थापना समन्वय परिषद्, मध्यविन्दु–७ का लागि विद्युतीय अटो रेक्सा हस्तान्तरण गरिएको छ।
मिति २०८२ चैत २५ गते सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष सागर लुइँटेलको अध्यक्षता तथा रोटरी प्रतिनिधि स्टेफन बोवियरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
उक्त अटो रेक्सा अपाङ्गता भएका व्यक्तिहरूको सेवा तथा संस्थाका गतिविधिमा प्रयोग गरिने जनाइएको छ।














