काठमाडौँ,२५ चैत । । सरकारले इन्धन मूल्यमा आएको परिवर्तनका आधारमा सार्वजनिक यातायात र मालवाहक सवारी साधनको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार नयाँ भाडा व्यवस्था आजैदेखि लागू भएको छ।
यात्रीवाहक सवारीमा करिब १६.७१ प्रतिशतले भाडा वृद्धि गरिएको छ। मालवाहक सवारीतर्फ पहाडी मार्गमा सञ्चालन हुने गाडीको भाडा करिब २१.६८ प्रतिशतले बढाइएको छ भने तराई मार्गमा सञ्चालन हुने गाडीको भाडा करिब १५.७५ प्रतिशतले समायोजन गरिएको छ।















