भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने यातायात व्यवसायीको चेतावनी

  • काठमाडौँ,२० चैत । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भए पनि सार्वजनिक यातायातको भाडादर परिमार्जन नगरेको भन्दै यातायात व्यवसायीहरूले सरकारसमक्ष कडा चेतावनी दिएका छन्।
    महासंघले सरकारलाई तत्काल भाडादर पुनरावलोकन गर्न आग्रह गर्दै माग सम्बोधन नभए देशभर सार्वजनिक यातायात सेवा अवरुद्ध गर्ने वा व्यवसायी स्वयंले भाडा निर्धारण गर्ने विकल्प अघि सारिएको जनाएको छ।
    महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले सिफारिस गरेको वैज्ञानिक भाडा समायोजन विधिअनुसार यात्रुवाहक सवारीमा ११।३३ प्रतिशत तथा मालवाहक सवारीमा तराई र पहाड क्षेत्रमा क्रमशः ८।८१ र १४।२९ प्रतिशत वृद्धि आवश्यक देखाइएको उल्लेख छ। तर, सम्बन्धित निकायमा उक्त प्रस्ताव निर्णयविहीन अवस्थामा रहेको जनाइएको छ ।
    महासंघले बारम्बार गरिएको अनुरोधलाई बेवास्ता गरिएको ठहर गर्दै अब घाटा सहेर सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ। निर्धारित समयभित्र निर्णय नभए वैज्ञानिक आधारमै स्वतः भाडा वृद्धि गरिने तथा त्यसबाट उत्पन्न हुन सक्ने अवस्थाको जिम्मेवारी राज्य पक्षमै रहने चेतावनी समेत दिइएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation