संवेदनशील क्षेत्रमा दलगत हस्तक्षेप अन्त्य गर्न युवा नेता अर्जुन पौडेलको आव्हान

  • सैनामैना २० चैत ।संवेदनशील क्षेत्रमा दलगत हस्तक्षेप अन्त्य गर्न युवा नेता अर्जुन पौडेलको आव्हान गरेका छन ।
    सैनामैना नगरमा खानेपानी र धार्मिक तथा सामाजिक संस्थामा बढ्दो राजनीतिक प्रभावप्रति चिन्ता, योग्यतामा आधारित छनोटको जोड
    सैनामैना नगरभित्र खानेपानी, मठ–मन्दिर तथा विभिन्न सङ्घ–संस्थाजस्ता संवेदनशील क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेपप्रति नेपाली काङ्ग्रेसका युवा नेता अर्जुन पौडेलले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले यस्ता क्षेत्रलाई दलगत भागबण्डाबाट मुक्त गर्न सबै राजनीतिक दललाई आव्हान गरेका छन्।
    पौडेलका अनुसार खानेपानी कुनै दल, चिन्ह वा प्यानलको विषय नभई जनजीवनसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकता हो। हरेक घरमा बग्ने पानीसँगै जनताको भरोसा, स्वास्थ्य र भविष्य जोडिएको उल्लेख गर्दै उनले सेवामूलक क्षेत्रमा राजनीति भन्दा जिम्मेवारी र इमान्दारी आवश्यक हुने बताएका छन्।
    पछिल्लो समय संस्थाहरूमा बढ्दो राजनीतिक हस्तक्षेपका कारण सेवाको गुणस्तर खस्किँदै गएको र योग्य तथा इमानदार व्यक्तिहरू अवसरबाट वञ्चित भइरहेको उनको भनाइ छ। यस्तो प्रवृत्तिले संस्थामाथिको जनविश्वास कमजोर बनाउँदै लैजाने खतरा समेत उनले औंल्याएका छन्।
    “खानेपानी जीवनसँग जोडिएको विषय हो, राजनीति होइन। अब चिन्ह होइन, योग्यता हेर्ने समय आएको छ।” — अर्जुन पौडेल
    उनले संवेदनशील क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र योग्यताको आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै स्वच्छ पानीसँगै स्वच्छ सोचको अभ्यास गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation