दासढुंगामा रोकिराखेको तेल ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

  • चितवन,१८ चैत । नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा रोकिराखेको तेल ट्याङकरमा बस ठोक्किदा१३ जना घाइते भएका छन्।
    आज दिउँसो ३ः४० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रुबाहक बसले सडक किनारमा रोकी राखिएको ना ४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको थियो।
    दुर्घटनापछि बसमा सवार घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी भरतपुरस्थित अस्पतालतर्फ पठाइएको थियो। घाइते सबैको नेशनल सिटी अस्पताल भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनायको छ ।
    घाइतेको अवस्था अनुसार केही सामान्य, केही मध्यम तथा दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरु चितवनमा उपचार भैरहेको प्रहरीले जनाएकाे छ

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation