काठमाडौं,१२ चैत । प्रतिनिधिसभाका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले प्रतिनिधिसभा सदस्यहरूलाई सपथ खुवाएका छन् । सिंहदरबारस्थित निर्वाणाधीन संसद भवनमा बिहीबार उनले सपथ खुवाएका हुन् ।
२१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरू सपथ ग्रहणका क्रममा आ-आफ्नो संस्कृति झल्कने पोशाक लगाएर शपथ ग्रहण स्थलमा पुगेका थिए ।
सभामुखको निर्वाचन नभएको अवस्थामा संसद्को जेष्ठ सदस्यले सांसदहरूलाई सपथ खुवाउने कानुनी प्रावधान छ ।












