काठमाडौँ,९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन भरतपुर महानगरपालीकाकी नि: बर्तामान मेयर रेनु दाहाल तथा नेकपाका संयोजक प्रचण्डका छारी गंगा दाहाल गुन्डु पुगेका छन् । ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।
सोमबार भक्तपुरस्थित निवासमा भएको भेटमा दाहालले ओलीप्रति समवेदना प्रकट गरेकी थिइन्। उनले दिवंगत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पारिवारिक संवेदना व्यक्त गरेकी थिइन्। भेटका क्रममा करिब आधा घण्टा राजनीतिक तथा व्यक्तिगत विषयमा संवाद भएको जनाइएको छ।
संवादका क्रममा अध्यक्ष ओलीले दाहालले निर्वाचित हुनुपर्ने अपेक्षा आफूमा रहेको उल्लेख गर्दै उनको कार्यसम्पादनका आधारमा परिणाम फरक हुनुपर्ने धारणा राखेका थिए।
विशेष गरी भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा उनले गरेका विकास तथा समन्वयात्मक कार्यको सन्दर्भ उल्लेख गर्दै मतदाताले त्यसको मूल्यांंकन गर्ने अपेक्षा गरिएको बताएका थिए।गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दाहाल चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा रहेकी थिइन्। उनी सो निर्वाचनमा पराजित भएकी हुन्। निर्वाचनमा सहभागी हुनुअघि उनले भरतपुर महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएकी थिइन्।
उक्त निर्वाचनमा एमाले अध्यक्ष ओली स्वयं पनि झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धा गरेका थिए र उनी पनि पराजित भएका थिए।












