काठमाडौँ,५ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले १८२ सिटमा विजय हासिल गर्दै बहुमत सुनिश्चित गरेको जनाइएको छ। सोही आधारमा पार्टीले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्री पदका लागि उम्मेदवारका रूपमा अघि सारेको बताइएको छ।
पार्टी नेतृत्वबीचको पछिल्लो छलफल काठमाडौँको रोयल सिंगी होटेल मा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिच बिहीबारको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरिएको हो । सम्पन्न भएको थियो। उक्त छलफलपछि सांसदहरूको शपथ ग्रहणलगत्तै प्रधानमन्त्रीको शपथ गर्ने निर्णयमा पार्टी पुगेको स्रोतले जनाएको छ।सरकार गठनसँग सम्बन्धित तयारी र आन्तरिक समन्वयका विषयमा रास्वपा नेतृत्वले निरन्तर छलफल गर्दै आवश्यक प्रक्रिया अघि बढाइरहेको बताइएको छ।












