काठमाडौ,२ चैत । बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोली उद्योगको डिपोमा पुग्दा ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर स्टोर गरेर राखिएको फेला पारेको हो । ६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योग ३ लाख रुपैयाँ जरिवान तिराएको छ । विभाग र आयल निगमको टोलीले सोमबार गरेको अनुगमन गरेको थियो ।












