यी हुन् समानुपातिकबाट निर्वाचित ११० जना सांसद

  • काठमाडौ,२ चैत । निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकबाट निर्वाचित हुने ११० सांसदको सूची सार्वजनिक गरेको छ।
    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१) बमोजिम सम्बन्धित राजनीतिक दलहरूबाट छनौट गरी पेस गरेको उम्मेदवाहरूको विवरण आयोगले सार्वजनिक गरेको हो। आयोगका अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् ।
    सूची

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation