सरकारमा रहने मन्त्रीहरूको बारेमा कुनै निर्णय गरेका छैनौँ : प्रवक्ता मनिष झा

  • काठमाडौँ,१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लेअब बन्ने सरकारमा रहने मन्त्रीहरुको बारेमा पार्टीले कुनै निर्णय नगरेको प्रवक्ता मनिष झाले बताएका छन्। आइतबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले मन्त्री चयनका बारेमा पार्टी भित्र कुनै औपचारिक छलफल नभएको र कसैलाई जिम्मेवारी दिने कुनै निर्णय समेत नभएको बताए । उनले सांसदहरुले प्रमाणपत्र लिएर शपथ गरेपश्चातमात्रै सरकार गठन र मन्त्री चयनका विषयमा छलफल हुने स्पष्ट पारे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation