श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

  • धरान,३० फागुन। प्रतिनिधि सभाका लागि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदहरूको सूची तय गरेको छ।
    पार्टी अध्यक्ष हर्क साम्पाङ तथा अन्य पदाधिकारीहरूको बैठकले शुक्रबार समानुपातिक सांसद टुंगो लगाएको छ।
    समानुपातिक सांसदमा चयन हुनेमा आदिवासी महिलाबाट मन्दिरा मोक्तान , खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलित समुदायबाट राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बू रहेका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation