समानुपातिकतर्फको सिट संख्या टुंगो लाग्यो

  • काठमाडौँ,२८ फागुन । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याबारे जानकारी गराएको हो ।
    आयोगका अनुसार छ वटा दलले मात्रै समानुपातिकतर्फ सिट पाएका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट पाएको छ भने नेपाली कांग्रेसले २० सिट पाएको छ।
    त्यस्तै नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ र श्रम संस्कृति पार्टी र राप्रपाले ४–४ सिट पाएका छन्।
    समानुपातिक सांसदको सिट पार्टीहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा निर्धारण हुने गर्छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation