गोरखा २४ फागुन। गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी ले २६ हजार ६६० मत विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई ११ हजार ७०० मत मात्र प्राप्त गरे । १ लाख ८ हजार ५३३ मतदाता रहेको सो क्षेत्रमा कुल ५७ हजार १५६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।












