रोल्पा क्षेत्र नम्बर १ मा वर्षमान पुनको ह्याट्रिक

  • रोल्पा,२३ फागुन। रोल्पा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले ह्याट्रिक गरेका छन् । यसपटक सहित उनले यो क्षेत्रमा लगातार तीन पटक जित्दै ह्याट्रिक गरेका हुन् । पुनले २७ हजार ४६० मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीले १२ हजार ८ मत प्राप्त गरेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation