निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ : अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानीको निर्देशन

  • काठमाडौं ,१८ फागुन । निर्वाचन आयोगले आज रातिबाट सुरु हुने मौन अवधि र मतदानको दिनसम्मको आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ । सोमबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आचारसंहिताको दफा ३२ बमोजिम तोकिएका अनुगमन अधिकृतहरूलाई आफ्नो जिम्मेवारी कडाइका साथ पालना गर्न निर्देशन दिइएको बताए। जिल्ला आचारसंहिता अनुगमन समितिसँगको सहकार्यमा अनुगमनकर्ताको अधिकार प्रयोग गरी आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइने आयोगले स्पष्ट पारेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता, २०८२ को प्रभावकारी कार्यान्वयनका लागि जोड दिएको बताए।
    आयोगले विज्ञप्ति ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation