बुटवल १२ मा तीनदर्जन युवा काँग्रेसमा प्रवेश

  • बुटवल,१४ फागुन । बुटवल उपमहानगरपालिका वडा नं. १२ मा विभिन्न पार्टी परित्याग गरि तीन दर्जन बढी युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । यहि फागुन २१ गते हुने प्रतिनीधि सभा निर्वाचनको चुनावी प्रचारप्रसारका क्रममा बिहिबार उम्मेद्वार सहितको घरदैलोका क्रममा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । बुटवलको वडा नं. १२ रुपन्देही क्षेत्र नं. २ मा पर्छ । यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट पार्टीका महासमिति सदस्यसमेत रहेका उद्योगपति चुन्नप्रसाद पौडेल उम्मेद्वार छन् । त्यसैगरी यसै क्षेत्रकी समानुपातिक उम्मेदवार रिता सेन ओलीलाई पार्टीले समानुपातिक उम्मेद्वार बनाएको छ । उनीहरुलाई नेपाली काँग्रेसका उम्मेद्वार सहितका नेताहरुले पार्टी प्रवेश गराएका हुन् । आसन्न प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस उम्मेद्वारलाई समर्थन गर्दै काँग्रेसमा प्रवेश गरेको उनीहरुले बताएका छन् । युवाहरुको प्रवेशले नेपाली काँग्रेसको पक्षमा बनेको माहौल थप उचाईमा पुगेको नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नं. १२ का सभापति धर्मराज आचार्यले बताए । उक्त कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार रिता सेन, वडा सभापति धर्मराज आचार्य, महासमिति सदस्य दीर्घबहादुर केसी नेपाल तरुण दल रुपन्देहीका सचिव रमेश शाही, क्षेत्रीय सभापति हसन्त लामा, नगर सभापति सुजन पुन, टिकाराम भट्टराई लगायतका नेता कार्यकर्ता सहभागि थिए । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनसंग युवाहरुको आकर्षण बढेको छ । पार्टीमा नवप्रवेशीहरुले पनि देशमा स्थायित्व, विकास र अवसर सिर्जनाका लागि काँग्रेस उपयुक्त शक्ति रहेको भन्दै संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation