राप्रपाको ‘संकल्प पत्र’ सार्वजनिक

  • काठमाडौँ,२ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आफ्नो चुनावी ुसंकल्प पत्रु मार्फत नेपालको आर्थिक रूपान्तरण र समृद्धिका लागि ६ वटा प्रमुख आधार स्तम्भहरूलाई अघि सारेको छ।
    आज अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार सार्वजनिक गरेका हुन । राप्रपाले समृद्धिको पहिलो र मुख्य आधारको रूपमा जलस्रोत तथा विद्युत क्षेत्रलाई राखेको छ। पार्टीले आगामी १० वर्षलाई ुऊर्जा उत्पादन दशकु घोषणा गर्दै सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। यस योजना अन्तर्गत नेपाललाई शतप्रतिशत हरित ऊर्जा प्रयोग गर्ने मुलुक बनाउने मात्र नभई भारत, बंगलादेश र चीनसम्म विद्युत व्यापार विस्तार गरी ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्ने सोच राखिएको छ। गरिबीको रेखामुनि रहेका परिवारलाई निःशुल्क विद्युत उपलब्ध गराउने र खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतको आन्तरिक खपत बढाउने राप्रपाको प्राथमिकता छ।राप्रपाले शासकीय स्वरूपमा अभिभावकीय संस्थाको रूपमा राजसंस्था, वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधार, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र गैरदलीय स्थानीय तहको एजेन्डा अघि सारेको छ।
    राप्रपाले घोषणापत्रमा अबको गन्तव्यको रुपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल पृथ्वी पथ’ लाई राखेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation