सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश

  • काठमाडौं,१४ माघ ।सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ ।
    बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिका सभापति मायाप्रसाद शर्माले सो प्रतिवेदन पेश गरेकी हुन् ।
    प्रतिवेदनमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितलाई आवश्यक राहतको व्यवस्था गर्ने काममा ढिलाइ नगर्न सरकारलाई सचेत गराइएको छ । त्यसैगरी समितिले पुरानो संसद् भवन प्रबलीकरणमा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गरिएको समितिका सभापति शर्माले बताइन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation