काठमाडौं,२५ पुस। नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको हो । केन्द्रीय बैंक यसभन्दा अघिको १० लाखसम्मको नगद कारोबार घटाइ ५ लाखमा झारेको हो । सरकारले सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्न नगद कारोबारलाई १० लाखबाट ५ लाखमा घटाएको थियो ।
सोही निर्णय नेपाल राजपत्रमा प्रकाशित भए पनि केन्द्रीय बैंकले चेकबाट प्रतिपटक झिक्न सकिने नगद ५ लाख कायम गरेको हो । साथै, ५ लाखभन्दा धेरै रकम सम्बन्धित व्यक्तिको खातामा मात्रै जम्मा हुन सक्ने व्यवस्था गरेको हो ।












