ग्रामिण बिकास लघुवित्त बित्तिय संस्था र समाज लघुवित्त वित्तिय संस्था मर्जर भै एकिकृत कारोबार शुरु

  • बुटवल, २ कार्तिक । बुटवलमा केन्द्रिय कार्यालय रहेको ग्रामिण बिकास लघुवित्त बित्तिय संस्था लि.र सर्लाहीको समाज बिकास लघुवित्त वित्तिय संस्था लिमिटेड बिच मर्जर प्रकृया पुरा भएको छ । दुबै संस्थाबिच भएको निर्णय र सम्झौता बमोजिम एक आपसमा गाभिए पश्चात आजबाट एकिकृत वित्तिय कारोबार शुरु भएको छ । मर्जर पश्चात संस्थाको कुल पुँजी १ अर्ब पुगेको छ ।
    कुल ९८ करोड पुँजी रहेको बुटवलको ग्रामिण बिकास र जम्मा २ करोड पुँजी रहेको समाज बिकास यि दुई लघुवित्तिय संस्था बिच गाभ्ने र गाभिने प्रकृया (मर्जर) सम्पन्न भएसँगै आईतबारदेखि एकिकृत कारोबार शुरु भएको हो । ग्रामिण बिकास लघुवित्त बित्तिय संस्था संचालक समितिका अध्यक्ष भरतराज कोईरालाले एक कार्यक्रमका बिच एकिकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका छन् ।
    एकिकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै ग्रामिण बिकास लघुवित्त बित्तिय संस्था संचालक समितिका अध्यक्ष भरतराज कोईरालाले ग्रामिण क्षेत्रमा गरिबी निवारणका लागि बिना धितो कर्जा प्रवाह र असुली कार्य गर्दै आएका दुई लघुवित्त संस्था गाभिनु सबैका लागि हितकर भएको दावी गरेका थिए । वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जरको नितिलाई आत्मसात गरेर अघि बढ्न र वित्तिय कारोबारलाई थप ब्यबस्थित र प्रभावकारी बनाउन सबैलाई आग्रह समेत गरेका छन् ।
    प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले बिगत ३ दशक अघिदेखि ग्रामिण क्षेत्रका कम आयआर्जन भएका महिलाहरुको आर्थिक सवलीकरणमा टेवा पुराउदै आएको ग्रामिण बिकास लघुवित्त बित्तिय संस्थाले आफ्नो पुँजी र कार्यक्षेत्रलाई थप बलियो बनाउन मर्जरको योजना अघि बढाएको बताए । ग्रामिण क्षेत्रका जनताको आर्यआर्जनमा बृद्धि गरि मुलुकको आर्थिक बिकासमा समेत योगदान पुराउने उद्देश्यका साथ काम गरिरहेको जानकारी समेत प्रमुख कार्यकारी अधिकृत कटुवालले गराए ।
    कार्यक्रममा संस्थाका नायव कार्यकारी प्रमुख दिपक पाण्डेले लघुवित्त बित्तिय संस्थालाई सवल बनाउन कर्मचारीहरुको भुमिका महत्वपुर्ण हुने उल्लेख गर्दै मर्जर पश्चात थप उर्जा र उत्साहका साथ काम गर्नुपर्ने आवश्यक्ता रहेको बताए । कार्यक्रममा संस्थाका संचालक मनोज कुमार खड्का, साविकको समाज लघुवित्त संस्थाका संचालक सरोजकुमार महतो, नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष ईश्वर लम्साल, ग्रामिण बिकास लघुवित्त कर्मचारी संगठनका अध्यक्ष अमर पौडेल, कार्यक्रम संचालक मधुसुदन पोखरेल लगाएतले लघुवित्त क्षेत्रमा संस्थाले खलेको भुमिका र यसको प्रभावबारे चर्चा गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation