
काठमाडौँ ,१ कात्तिक। आज जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी घोषणा गर्देछन । राजधानीको एभरेष्ट होटलमा पत्रकार सम्मेलनको आयोजना गरी उनले नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।
पार्टी घोषणा कार्यक्रम शनिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभइ निर्वाचनमा नजाने उनको भनाइ छ।‘ हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु भनेर कदापी होइन । यो क्लियर होस्,’ उनले भनेका छन् ।
हुलमुल मात्रै भएर देशको विकास नहुने जिकिर गर्दै उनले आधिकारिक बन्नका लागि कि त एनजीओ कि त राजनीतिक दल नै खोल्नुपर्ने बताए ।