पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने

  • काठमाडौँ,१२ असोज । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ । ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाइएको हो ।
    भदौ २३ र २४ को आन्दोलनको छानविन गर्न गठित जाँचबुझ आयोगले उनीहरूको विदेश यात्रामा रोक लगाएको आयोगका सदस्य विज्ञानराज शर्माले बताए । उनीहरूले उपत्यकाबाहिर जान पनि आयोगको अनिवार्य अनुमति लिनुपर्नेछ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation