
स्याङ्जा, १६ भदौ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीचको दोस्रो समन्वयात्मक बैठक सोमबार स्याङ्जाको उत्तरबाहिनीमा सुरु भएको छ । बैठकमा दुबै प्रदेशका विकासका प्राथमिकता तथा समस्या पहिचानबारे छलफल भइरहेको छ ।
यसअघि भएका निर्णयहरूको कार्यान्वयन समीक्षा गर्ने र नयाँ साझा घोषणापत्र जारी गर्ने तयारी बैठकको एजेन्डामा समावेश छन् । माघ ३० गते रानीमहलमा सम्पन्न पहिलो बैठकले २१ बुँदे निर्णय गरेको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बैठक सञ्चालन भइरहेको छ । बैठकमा दुबै प्रदेशका मन्त्रीहरू तथा सरोकारवालाको सहभागिता छ ।