भारतीय विदेश सचिवको नेपाल भ्रमण : राष्ट्रपतिदेखि शीर्ष नेतादेखिसम्म एकैदिन भेटवार्ता

  • काठमाडौँ,१ भदौ ।दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भ्रमणको पहिलो दिन उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेका छन् । उनले प्रधानमन्त्री, राष्ट्रपतिसहित विभिन्न दलका शीर्ष नेतासँग आइतबार नै भेटवार्ता गरेका हुन् ।प्रधानमन्त्रीसँग सिंहदरबारमा भेट गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका मिस्री त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।
    पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेटेर मिस्री प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation