माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने

  • काठमाडौँ,१७ साउन। नेकपा (माओवादी केन्द्र) पार्टी को केन्द्रीय कार्यालयमा पेरिस डाँडामा बसेको दोस्रो दिनको बैठक साँझसम्म बसेर आजका लागि स्थगित भएको छ । हिजोदेखि सुरु बैठकमा आज १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र अनुशासन आयोगका एक पदाधिकारीले धारणा राखेको माओवादी केन्द्रले जानकारी दिएको छ ।नेतृत्व हस्तान्तरण र कार्यशैलीलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच वाकयुद्ध चलिरहँदा माओवादीको स्थायी समिति बैठक बसिरहेको हो ।पार्टी केन्द्रीय कार्यालयभएको बैठकमा समसामयिक राजनीतिक घटना क्रमबारे छलफल भइरहेको उक्त पार्टीका नेताहरूले बताएका छन्‌ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation