प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ, आजको कार्यसूची

  • काठमाडौँ,३० असार। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक दिउसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धित पत्रको बेहोरा सुनाउने कार्यसूची रहेको छ ।यस्तै गरि सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सूची छ ।
    त्यसै गरी माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत हुने प्रतिनिधि सभाको सुचनामा उल्लेख गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation