काठमाडौँ,२३ असार । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आज धारणा राख्दै महामन्त्री विश्वप्रकाश शर्माले सरकारले केही राम्रा काम गरे पनि लोकप्रिय बन्न नसकेकोबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए । ‘हामी निर्वाचनमा पहिलो दल भयौँ तर कहिले तेस्रो दलको नेतृत्वमा, कहिले दोस्रो दलको नेतृत्वमा हामी सरकारमा छौँ । केही राम्रा कामहरू सरकारले गरेको छ,’ महामन्त्री शर्माले भने, ‘त्यसलाई एप्रिसिएट गर्नुपर्छ। तर सरकारलाई अपेक्षित गतिमा लोकप्रिय बनाउन सकिएको छैन । त्यसलाई पनि गम्भीर समीक्षा गर्नुपर्छ ।’
उनले प्रारम्भिक कार्यसमितिको चार वर्षसम्म महाधिवेशनको प्रक्रिया सुरु नगरेको भन्दै गम्भीर हुनुपर्ने बताए ।












